• शुक्रबार, कात्तिक १३, २०८३
  • English Version
  • Corporate Business Hub
corporatekhabar_logo
corporatekhabar_logo
EN
शुक्रबार, कात्तिक १३, २०८३
  • हाेमपेज
  • समाचार
  • कर्पोरेट
  • बिजनेस
    • अर्थनीति
    • अटोमोबाइल्स
    • शेयर बजार
  • बैंक/वित्त
  • अन्तर्वार्ता
  • प्रविधि
  • राजनीति
  • फोटो फिचर
  • खेलकुद
  • स्पेशल
  • निर्वाचन विशेष
Corporate Business Hub
ट्रेन्डिङ
महानिरीक्षकको सचिवालयले भन्यो- भ्रम फैलाउनेलाई कारबाही गर्छौं महानिरीक्षकको सचिवालयले भन्यो- भ्रम फैलाउनेलाई कारबाही गर्छौं
यी हुन् आज दिनभरका प्रमुख २० समाचार यी हुन् आज दिनभरका प्रमुख २० समाचार
खगेन्द्र प्रकरणले जन्माएको हो आईजीपी प्रकरण, बालेनलाई रविको साथ होला की दोहोरिएला कटुवाल प्रकरण ? खगेन्द्र प्रकरणले जन्माएको हो आईजीपी प्रकरण, बालेनलाई रविको साथ होला...
कम्पनीले पुस मसान्तसम्म विवरण बुझाए पुरानो कर, ब्याज र जरिबाना मिनाहा हुने कम्पनीले पुस मसान्तसम्म विवरण बुझाए पुरानो कर, ब्याज र जरिबाना...
तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री

दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री कर्पोरट खबर 6:13 pm, शनिबार, फाल्गुन २०, २०७९
725 Shares
दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज ‘तलव सुविधा उच्चस्तरीय आयोग’को प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार तयार पार्न सकिनेमा जोड दिएका हुन् । प्रधानमन्त्रीले भने, “तपाईहरूको प्रतिवेदनमा कर्मचारीहरूले तलबमानका साथै अर्थतन्त्रको स्थिति, चुनौती र सम्भावनाको संक्षेपमा अध्ययनसमेत रहेछ, यसले सरकारको आगामी नीतिका लागि सहयोग पुग्नेछ । शासन व्यवस्था भनेकै दण्ड र पुरस्कारको असल अभ्यास नै हो । हाम्रो कर्मचारी प्रशासनमा पनि त्यो लागू गर्नुपर्दछ ।”

कर्मचारीको सेवा सुविधा कम हुँदा एकातर्फ कार्यक्षमतामा ह्रास आउने र अर्कोतर्फ वित्तीय अराजकता पनि बढ्ने खतरा रहेको देखिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने , “तलबले जीवनयापनका निम्ति पर्याप्त आधार तयार नहुँदा विदेसिनुपर्ने बाध्यता, वित्तीय अराजकता निम्तने जोखिमका उदाहरण पनि हामीकहाँ छन् । त्यसैले आजको परिस्थिति र आवश्यकता अनुसार कर्मचारीको तलबमान र सेवासुविधामा पुनर्विचार गर्न आवश्यक छ ।” उनले सरकार उच्चस्तरीय प्रशासन सुधार आयोग गठनको अन्तिम तयारीमा रहेको जानकारी दिए  । “यो प्रतिवेदनले त्यसका लागि मद्दत पुग्ने मैले देखेको छु” उनले भने, “देशका लागि कुन कुन संरचना र कति कर्मचारी आवश्यक हो त्यसको उचित अध्ययन गरेर निर्मम निर्णय लिन आवश्यक छ ।

यसो नगर्दा राज्यलाई थप भार हुने तर परिणाम नदेखिने समस्या झेलिरहनुपर्ने हुन्छ ।” सो अवसरमा प्रधानमन्त्रीले आयोगको प्रतिवेदनमा उल्लेखित नीतिगत विषयमा गृहकार्य गर्दै जाने, कानुनी विषय सङ्घीय निजामति ऐनमा नै व्यवस्था गर्ने र व्यवहारिक सुझाव तत्काल कार्यान्वयनमा लैजाने बताए । प्रतिवेदन हस्तान्तरण गर्दै आयोगका संयोजक लीलामणि पौडेलले प्रतिवेदनमा नेपालको अर्थतन्त्रको संक्षिप्त विश्लेषण, दक्षिण एसियाली मुलुकमा कर्मचारीको सेवा सुविधाको अवस्था, सेवा सुविधासम्बन्धी नयाँ प्रस्ताव रहेको जानकारी दिए । यस्तै, उपचार खर्च, बिदासम्बन्धी व्यवस्था, कर्मचारी आवाससम्बन्धी व्यवस्था, यातायात सुविधासम्बन्धी व्यवस्था र वर्तमानमा देखिएका बेथितिको नियमनसम्बन्धी व्यवस्था समेटिएको छ । प्रतिवेदनमा कर्मचारी दरबन्दीमा कटौती, एक पद एक पेन्सन नीति, दोहोरो तलब र पेन्सनको नियमन, पेन्सनबाट राज्यलाई पर्ने भारमा कटौती गर्ने विकल्प, श्रमिकहरूको न्यूनतम ज्याला निर्धारणका लागि सुझाव दिइएको छ ।

सामाजिक सुरक्षा भत्ता र राजस्व छुटसम्बन्धी नयाँ व्यवस्थाको प्रस्ताव, वैदेशिक अनुदानको परिचालनसम्बन्धी राष्ट्रिय नीति, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नियमन, कर्मचारीको कार्यविवरणको मूल्याङ्कन लगायतका विषय प्रतिवेदनमा समेटिएको उनले जानकारी दिए । पूर्व मुख्यसचिव पौडेलको संयोजक तथा बिमल वाग्ले र शिवदेव पाण्डे सदस्य रहनेगरी गठन भएको आयोगलाई तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको थियो ।

  • नेता उपाध्यायको अवस्था गम्भीर
  • रुपान्तरणका लागि पार्टी कार्यकर्ता परिचालित हुनुपर्छ : अध्यक्ष ओली

Shorts

Video Icon
रास्वपा सरकारको ६ महिनामा अर्थतन्त्र किन चलायमान हुन सकेन ? सरकार र निजी क्षेत्रबीचको दूरी कति छ ?

रास्वपा सरकारको ६ महिनामा अर्थतन्त्र किन चलायमान हुन सकेन ? सरकार र निजी क्षेत्रबीचको दूरी कति छ ?

Video Icon
एनपीएजल तेस्रो सिजनका लागि लुम्बिनी लायन्स र ह्याम्स ग्रुपबीच भयो साझेदारी

एनपीएजल तेस्रो सिजनका लागि लुम्बिनी लायन्स र ह्याम्स ग्रुपबीच भयो साझेदारी

Video Icon
बालेन सरकारले लागू गरेको एमआरपी(MRP) व्यवस्थाले व्यवसायीलाई सहज

बालेन सरकारले लागू गरेको एमआरपी(MRP) व्यवस्थाले व्यवसायीलाई सहज

Video Icon
नेपालमा मात्रै होइन, विश्व अर्थतन्त्रमै उतारचढाव छ, युवाको पलायन नेपालको मुख्य चुनौती हो

नेपालमा मात्रै होइन, विश्व अर्थतन्त्रमै उतारचढाव छ, युवाको पलायन नेपालको मुख्य चुनौती हो

Video Icon
प्रसव पीडामा रहेकी महिलालाई इनरुवा अस्पतालले भर्ना नलिदा  एम्बुलेन्समै

प्रसव पीडामा रहेकी महिलालाई इनरुवा अस्पतालले भर्ना नलिदा एम्बुलेन्समै

Video Icon
पोखरामा स्कुल बस भीरबाट खस्दा ४ जना विद्यार्थी र एक स्थानीयको मृ * त्यु

पोखरामा स्कुल बस भीरबाट खस्दा ४ जना विद्यार्थी र एक स्थानीयको मृ * त्यु

Video Icon
दशैँको बोनस नदिने कम्पनीलाई कारबाही हुने

दशैँको बोनस नदिने कम्पनीलाई कारबाही हुने

Video Icon
नेपालको वातावरणीय योगदान विश्वमै उल्लेखनीय छ : प्रधानमन्त्री

नेपालको वातावरणीय योगदान विश्वमै उल्लेखनीय छ : प्रधानमन्त्री

Video Icon
पुरुषको शरीरमा पाठेघर भेटियो

पुरुषको शरीरमा पाठेघर भेटियो

Video Icon
वर्षासँगै ठूलो हावाहुरी चल्ने चेता*वनी

वर्षासँगै ठूलो हावाहुरी चल्ने चेता*वनी

RELATED NEWS

  • ताजा समाचार
  • लोकप्रिय समाचार
घुस प्रकरणमा आठ कर्मचारीसहित ११ जनाविरुद्ध भ्रष्टाचार भ्रष्टाचार मुद्दा दायर_img

घुस प्रकरणमा आठ कर्मचारीसहित ११ जनाविरुद्ध भ्रष्टाचार भ्रष्टाचार मुद्दा दायर

घुस प्रकरणमा आठ कर्मचारीसहित ११ जनाविरुद्ध भ्रष्टाचार भ्रष्टाचार मुद्दा दायर

समाचार कक्षभित्रै प्रवेश गरी पत्रकार सुवेदी र बराल पक्राउ, नयाँ पत्रिकामा मैनालीलाई खोज्दै_img

समाचार कक्षभित्रै प्रवेश गरी पत्रकार सुवेदी र बराल पक्राउ, नयाँ पत्रिकामा मैनालीलाई खोज्दै

नेपा एपको नयाँ अपडेट सार्वजनिक_img

नेपा एपको नयाँ अपडेट सार्वजनिक

क्रिकेटर दीपेन्द्रसिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त_img

क्रिकेटर दीपेन्द्रसिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त

भारत उत्तराखण्डको बद्रीनाथ धामबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटना_img

भारत उत्तराखण्डको बद्रीनाथ धामबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटना

सलिको गल्फ प्रतियोगिताको मिति परिवर्तन, अब नोभेम्बर १४ मा हुने_img

सलिको गल्फ प्रतियोगिताको मिति परिवर्तन, अब नोभेम्बर १४ मा हुने

एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा_img

एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा

गृह मन्त्रालयद्वारा एन प्याब्सन निलम्बित,अर्को निर्णय नभएसम्म गतिविधि गर्न रोक_img

गृह मन्त्रालयद्वारा एन प्याब्सन निलम्बित,अर्को निर्णय नभएसम्म गतिविधि गर्न रोक

एसिया कप राइजिङ स्टार्स कतारमा हुने, नेपाल समुह बी मा

दसैंपछि सुन–चाँदीको मूल्यमा उच्च गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सेयर बजारमा सामान्य अंकको वृद्धि,५ अर्ब ७९ करोडमाथिको कारोबार

मंगलबारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव, एनपीएलका खेल प्रभावित हुनसक्ने

अर्थमन्त्री डा. वाग्लेले भारतमा दिएको अभिव्यक्तिले नेपालमा तरंग

शेयर बजार सकारात्मक, कारोबार रकम साढे ८ अर्ब नाघ्यो

लुम्बिनीले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्ने

यी हुन् आज दिनभरका प्रमुख २० समाचार

सरकारको छ महिनाको कार्यकाल: निजी क्षेत्रको अपेक्षा, अर्थतन्त्रका चुनौती र आर्थिक कूटनीतिको सम्भावना

ट्याग

  • दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री

About

logo

Reg No. 1620/076-77

Quick Links

  • Contact
  • News
  • Corporate Business Hub
  • Our Team

Contact Us

Chabahil, Mahangkal, Kathmandu

+977-9851117013

+977-015913453

viewoncorporate@gmail.com

© Copyrights 2026 Corporate Khabar. All rights reserved. Designed & Developed by Smartway Learning Technologies

Top
corporatekhabar_logo ×
  • अटोमोबाइल्स
  • अन्तर्वार्ता
  • अर्थनीति
  • आर्टिकल
  • कर्पोरेट
  • खेलकुद
  • जीवनशैली
  • टेक्नोलोजी
  • निर्वाचन विशेष
  • पर्यटन
  • फाइनान्स
  • फोटो फिचर
  • बिजनेस
  • बैंक/वित्त
  • भिडिओ
  • मनोरञ्जन
  • राजनीति
  • रोजगार
  • विज्ञापन
  • विश्व
  • शिक्षा
  • शेयर मार्केट
  • समाचार
  • सम्पादकीय
  • स्वास्थ्य
  • हाइड्रोपावर
×
×