• सोमबार, भदौ २९, २०८३
  • English Version
  • Corporate Business Award
corporatekhabar_logo
corporatekhabar_logo
EN
सोमबार, भदौ २९, २०८३
  • हाेमपेज
  • समाचार
  • कर्पोरेट
  • बिजनेस
    • अर्थनीति
    • अटोमोबाइल्स
    • शेयर बजार
  • बैंक/वित्त
  • अन्तर्वार्ता
  • प्रविधि
  • राजनीति
  • फोटो फिचर
  • खेलकुद
  • स्पेशल
  • निर्वाचन विशेष
ट्रेन्डिङ
वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डबाट सम्मानित वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डबाट सम्मानित
तिजको अघिल्लो दिन सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? तिजको अघिल्लो दिन सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
७७ लाख ५० हजारमै घरदेखि २५ प्रतिशत छुटसम्म, जग्गा तथा आवास एक्स्पोमा यस्ता अफर ७७ लाख ५० हजारमै घरदेखि २५ प्रतिशत छुटसम्म, जग्गा तथा...
साल्ट ट्रेडिङकी उर्मिला श्रेष्ठ एसियन प्रोफेसनल “कर्पोरेट एक्सिलेन्स लिडरसीप” अवार्डबाट सम्मानित साल्ट ट्रेडिङकी उर्मिला श्रेष्ठ एसियन प्रोफेसनल “कर्पोरेट एक्सिलेन्स लिडरसीप” अवार्डबाट...
इण्डोनेसियामा २४० भन्दा बढी यात्रु बोकेको पानी जहाज सम्पर्कबिहीन इण्डोनेसियामा २४० भन्दा बढी यात्रु बोकेको पानी जहाज सम्पर्कबिहीन

दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री

दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री कर्पोरट खबर 6:13 pm, शनिबार, फाल्गुन २०, २०७९
717 Shares
दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज ‘तलव सुविधा उच्चस्तरीय आयोग’को प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार तयार पार्न सकिनेमा जोड दिएका हुन् । प्रधानमन्त्रीले भने, “तपाईहरूको प्रतिवेदनमा कर्मचारीहरूले तलबमानका साथै अर्थतन्त्रको स्थिति, चुनौती र सम्भावनाको संक्षेपमा अध्ययनसमेत रहेछ, यसले सरकारको आगामी नीतिका लागि सहयोग पुग्नेछ । शासन व्यवस्था भनेकै दण्ड र पुरस्कारको असल अभ्यास नै हो । हाम्रो कर्मचारी प्रशासनमा पनि त्यो लागू गर्नुपर्दछ ।”

कर्मचारीको सेवा सुविधा कम हुँदा एकातर्फ कार्यक्षमतामा ह्रास आउने र अर्कोतर्फ वित्तीय अराजकता पनि बढ्ने खतरा रहेको देखिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने , “तलबले जीवनयापनका निम्ति पर्याप्त आधार तयार नहुँदा विदेसिनुपर्ने बाध्यता, वित्तीय अराजकता निम्तने जोखिमका उदाहरण पनि हामीकहाँ छन् । त्यसैले आजको परिस्थिति र आवश्यकता अनुसार कर्मचारीको तलबमान र सेवासुविधामा पुनर्विचार गर्न आवश्यक छ ।” उनले सरकार उच्चस्तरीय प्रशासन सुधार आयोग गठनको अन्तिम तयारीमा रहेको जानकारी दिए  । “यो प्रतिवेदनले त्यसका लागि मद्दत पुग्ने मैले देखेको छु” उनले भने, “देशका लागि कुन कुन संरचना र कति कर्मचारी आवश्यक हो त्यसको उचित अध्ययन गरेर निर्मम निर्णय लिन आवश्यक छ ।

यसो नगर्दा राज्यलाई थप भार हुने तर परिणाम नदेखिने समस्या झेलिरहनुपर्ने हुन्छ ।” सो अवसरमा प्रधानमन्त्रीले आयोगको प्रतिवेदनमा उल्लेखित नीतिगत विषयमा गृहकार्य गर्दै जाने, कानुनी विषय सङ्घीय निजामति ऐनमा नै व्यवस्था गर्ने र व्यवहारिक सुझाव तत्काल कार्यान्वयनमा लैजाने बताए । प्रतिवेदन हस्तान्तरण गर्दै आयोगका संयोजक लीलामणि पौडेलले प्रतिवेदनमा नेपालको अर्थतन्त्रको संक्षिप्त विश्लेषण, दक्षिण एसियाली मुलुकमा कर्मचारीको सेवा सुविधाको अवस्था, सेवा सुविधासम्बन्धी नयाँ प्रस्ताव रहेको जानकारी दिए । यस्तै, उपचार खर्च, बिदासम्बन्धी व्यवस्था, कर्मचारी आवाससम्बन्धी व्यवस्था, यातायात सुविधासम्बन्धी व्यवस्था र वर्तमानमा देखिएका बेथितिको नियमनसम्बन्धी व्यवस्था समेटिएको छ । प्रतिवेदनमा कर्मचारी दरबन्दीमा कटौती, एक पद एक पेन्सन नीति, दोहोरो तलब र पेन्सनको नियमन, पेन्सनबाट राज्यलाई पर्ने भारमा कटौती गर्ने विकल्प, श्रमिकहरूको न्यूनतम ज्याला निर्धारणका लागि सुझाव दिइएको छ ।

सामाजिक सुरक्षा भत्ता र राजस्व छुटसम्बन्धी नयाँ व्यवस्थाको प्रस्ताव, वैदेशिक अनुदानको परिचालनसम्बन्धी राष्ट्रिय नीति, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नियमन, कर्मचारीको कार्यविवरणको मूल्याङ्कन लगायतका विषय प्रतिवेदनमा समेटिएको उनले जानकारी दिए । पूर्व मुख्यसचिव पौडेलको संयोजक तथा बिमल वाग्ले र शिवदेव पाण्डे सदस्य रहनेगरी गठन भएको आयोगलाई तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको थियो ।

  • नेता उपाध्यायको अवस्था गम्भीर
  • रुपान्तरणका लागि पार्टी कार्यकर्ता परिचालित हुनुपर्छ : अध्यक्ष ओली

Shorts

Video Icon
विदेशी नागरिकलाई पनि नेपालमा अपार्टमेन्ट किन्न दिन आवश्यक छ।

विदेशी नागरिकलाई पनि नेपालमा अपार्टमेन्ट किन्न दिन आवश्यक छ।

Video Icon
काठमाडौंमा नवौं जग्गा, आवास तथा निर्माण प्रदर्शनी आयोजना हुँदै, प्रदर्शनीमा के–के हुँदैछ ?

काठमाडौंमा नवौं जग्गा, आवास तथा निर्माण प्रदर्शनी आयोजना हुँदै, प्रदर्शनीमा के–के हुँदैछ ?

Video Icon
जेन्जी आन्दो* लनको एक वर्ष : सडकमा बगेको र* ग त, खरानी बनेको इतिहास र कहिल्यै नभर्ने घा* उ

जेन्जी आन्दो* लनको एक वर्ष : सडकमा बगेको र* ग त, खरानी बनेको इतिहास र कहिल्यै नभर्ने घा* उ

Video Icon
नेपालमै बनेको पहिलो ईभी स्कुटर, स्कुटरको कलरको नाम पनि नेपाली मै

नेपालमै बनेको पहिलो ईभी स्कुटर, स्कुटरको कलरको नाम पनि नेपाली मै

Video Icon
नाडा अटो शोमा सार्वजनिक भयो टाटाको नेक्सन, सिअरा र पन्च ईभि

नाडा अटो शोमा सार्वजनिक भयो टाटाको नेक्सन, सिअरा र पन्च ईभि

Video Icon
यस्तो देखियो ‘नाडा अटो शो’ को पहिलो दिन

यस्तो देखियो ‘नाडा अटो शो’ को पहिलो दिन

Video Icon
नाडा अटो शोले नेपालमा पारेको प्रभाव: नाडा, उपाध्यक्ष विक्रम सिंहानिया

नाडा अटो शोले नेपालमा पारेको प्रभाव: नाडा, उपाध्यक्ष विक्रम सिंहानिया

Video Icon
आजको प्रमुख समाचार || Corporate Khabar ||

आजको प्रमुख समाचार || Corporate Khabar ||

Video Icon
गोरखकाली टायर उद्योग सरकारले चलाउने कि निजी क्षेत्रलाई दिने ? ||

गोरखकाली टायर उद्योग सरकारले चलाउने कि निजी क्षेत्रलाई दिने ? ||

RELATED NEWS

  • ताजा समाचार
  • लोकप्रिय समाचार
कृष्णभीर सडक खण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने_img

कृष्णभीर सडक खण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने

यामालको दुई गोलमा बार्सिलोना विजयी_img

यामालको दुई गोलमा बार्सिलोना विजयी

विधायन व्यवस्थापन समितिको बैठक बस्दै_img

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

हालान्डको निर्णायक गोलमा म्यानचेस्टर डर्बी सिटीले जित्यो_img

हालान्डको निर्णायक गोलमा म्यानचेस्टर डर्बी सिटीले जित्यो

श्रीलंकालाई हराउदै महिला एसिया कपको उपाधि भारतले जित्यो_img

श्रीलंकालाई हराउदै महिला एसिया कपको उपाधि भारतले जित्यो

पशुपतिनाथमा आज तीजका दिन दर्शन गर्न पाँचवटा रुट_img

पशुपतिनाथमा आज तीजका दिन दर्शन गर्न पाँचवटा रुट

ब्रिक्सको शक्ति विस्तारिँदै: नेपाल किन बेखबर,  किन बोलाइएन, किन गरियो बाइपास ?_img

ब्रिक्सको शक्ति विस्तारिँदै: नेपाल किन बेखबर, किन बोलाइएन, किन गरियो बाइपास ?

देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज भारी बर्षा हुने_img

देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज भारी बर्षा हुने

आज हरितालिका तीज पर्व मनाइँदै_img

आज हरितालिका तीज पर्व मनाइँदै

आइस्ता जोशीले जितिन् ‘फेस अफ द नेपाल–२०२६’ को उपाधि

दु:खमा साथ दिऔँ, खुसीमा एक–अर्कासँग रमाऔँ : काठमाडौं मल व्यवसायीको तीज (फोटो फिचर)

सोना सिमेन्ट र शुभम् हेल्थ केयरद्वारा १ करोड ५ लाख राहत सहयोग

यी हुन् आज दिनभरका प्रमुख २० समाचार

यूएईलाई हराउँदै नेपाल बन्यो च्याम्पियन, दोस्रोपटक एसिया कपमा छनोट

स्वावलम्बन लघुवित्तद्वारा भोटेकोशी बाढी प्रभावितलाई राहत वितरण

पोखरा उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्षमा थापा

आगजनी भएको १ वर्ष पुगेकै दिन धरान स्टोर पुनः सञ्चालनमा ल्याउँदै भाटभटेनी

जेनजी आन्दोलन सम्झँदै रविले भने– हामी एक इन्च पनि विचलित हुने छैनौँ

ट्याग

  • दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री

About

logo

Reg No. 1620/076-77

Quick Links

  • Contact
  • News
  • Corporate Business Hub
  • Our Team

Contact Us

Chabahil, Mahangkal, Kathmandu

+977-9851117013

+977-015913453

viewoncorporate@gmail.com

© Copyrights 2026 Corporate Khabar. All rights reserved. Designed & Developed by Smartway Learning Technologies

Top
corporatekhabar_logo ×
  • अटोमोबाइल्स
  • अन्तर्वार्ता
  • अर्थनीति
  • आर्टिकल
  • कर्पोरेट
  • खेलकुद
  • जीवनशैली
  • टेक्नोलोजी
  • निर्वाचन विशेष
  • पर्यटन
  • फाइनान्स
  • फोटो फिचर
  • बिजनेस
  • बैंक/वित्त
  • भिडिओ
  • मनोरञ्जन
  • राजनीति
  • रोजगार
  • विज्ञापन
  • विश्व
  • शिक्षा
  • शेयर मार्केट
  • समाचार
  • सम्पादकीय
  • स्वास्थ्य
  • हाइड्रोपावर
×
×