काठमाडौं। मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले बुधबारबाट संस्थापक सेयरको बिक्री खुलाएको छ।
लघुवित्तले विद्यमान संस्थापक सेयरधनी एनआइसी एशिया बैंकको नाममा रहेको सेयर बिक्री गर्ने भएको हो।
लघुवित्तले २३ हजार १४० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको जनाएको छ।
सो सेयर बिक्रीका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई नै दिनुपर्ने व्यवस्था छ।
तसर्थ सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र सेयर खरिदका लागि आवेदन दिन सक्ने छन्।
सेयरको न्यूनतम मूल्य प्रति कित्ता २०० रुपैयाँ निर्धारण गरिएको छ।
सोही मूल्यका आधारमा संस्थापक सेयरधनीहरुले एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालयमा पेश गर्नु पर्ने छ।
तोकिएको समयसम्म संस्थापकहरुबाट आवेदन नपरे लघुवित्तले सो सेयर संस्थापक भन्दा बाहिरका सेयरधनीलाई बिक्री गर्ने छ।
FACEBOOK COMMENTS