काठमाडौं । मर्जरमा गएका सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले आज चैत ९ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् ।
दुई कम्पनीबीच मर्जर सम्पन्न भएकाले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको हो । कम्पनीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वरमा छ ।
सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले कम्पनीलाई नेपाल बीमा प्राधिकरणले फागुन १८ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृती प्रदान गरेको थियो । यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले मर्जर हुने अन्तिम दिनसम्म कायम सबै सम्पत्ति र दायित्वहरु नयाँ बन्ने कम्पनी सानिमा रिलायन्स लाइफले सकार्ने गरी फागुन २९ गते स्वीकृति प्रदान गरेको थियो ।
यी दुई कम्पनी १ः१ को स्वाप रेसियोमा मर्जरमा गएका थिए ।
मर्जर अघिसम्म रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड र सानिमा लाइफको २ अर्ब रुपैयाँ थियो । मर्जरपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।
नेप्सेमा कारोबार बन्द हुने
इन्स्योरेन्सको आजको सेयर कारोबार रोक्का हुने भएको छ । दुवै कम्पनीले चैत ९ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भए पछि नेप्सेले आजको सेयर कारोबार रोक्का गरेको हो ।
धितो पत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को निर्देशन अनुसार सेयर मिलान, धितो पत्र पुनः दर्ता, धितो पत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनको लागि सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS