काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले दुई वर्ष चार महिनाको कार्यकालमा तीनजना प्रधानमन्त्रीलाई हामीले स्वागत गर्न पाएको तर सधै सकंट र अस्थिरताबीच काम गर्न पर्ने बाध्यता रहेको बताएका छन् ।
आज नेपाल उद्योग वाणिज्य महासंघकमो ५७ औँ वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली समाजले कहिले नभोगेको संकटको समय संगठिक सहकार्यको सम्बाहक बन्न सकेकोमा गौरवाम्बित महसुस भएको बताएका छन् ।
उनल भने,‘नेपाल उद्योग वाणिज्य महासंघले ५६ औँ वर्ष पूरा गरी ५७औँ वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा म यहाँ उपस्थित भएका सबैप्रति अनुग्रहित छु । उहाँ उभिँदा म अत्यन्त कठिन र चूनौती पूर्ण काल खण्डमा महासंघप्रति विश्वास र भरोसा राख्ने सबैलाई धन्दवाद दिन चाहन्छु । नेपाली समाजले कहिले नभोगेको संकटको समय संगठिक सहकार्यको सम्बाहक बन्न सकेकोमा गौरवाम्बित महसुस गरेको छु । कोभिडको बेलामा धारासायी भएको अर्थतन्त्रलाई जोगाउन सबैको दायित्व थियो । सिमित स्रोत भएको देशमा यस्तो किसिमको असिमित संकट आइपर्दा दायित्व निर्वाह गर्न कठिन थियो । तर, हामी, बैंक र वीत्तीय संस्थाले काम गर्न सकयौँ । जसले गर्दा हामीले सोच भन्दा राम्रो ढंगले अर्थतन्त्रलाई लयमा फर्काउन सक्यौँ । २ प्रतिशतले विस्तार भएको अर्गतन्त्रलाई ६ प्रतिशतमा लायउन सकयौँ । तर, खासगरी हामीले आफ्नै कामले यसलाई दिगो गर्न सकेनौँ । आज हामी अर्थतन्त्र जोगाउन संघर्षरत छौँ । ’
FACEBOOK COMMENTS