काठमाडौं । आज तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । बारा निर्वाचन क्षेत्र नम्बर २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचनको हुन लागेको छ । त्यसको तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।
मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ । आयोगले मतदानका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइएको छ ।
‘निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट प्रश्न उठाउन सक्ने अवस्था सिर्जना नहोस् भन्ने ध्येयले मतदान हुने दिन मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाइ मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, आयोगले भनेको छ, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने, वादविवाद, हुलहुज्जत वा असामान्य परिस्थिति सृर्जना गर्ने वा गराउन खोज्ने जो कोहीलाई प्रचलित कानून बमोजिम कारबाही गरी मतदान कार्यलाई निर्वाधरूपमा सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिई सकिएको छ ।
निर्वाचन हुने क्षेत्रमा आज सार्वजनिक बिदा दिइएको छ ।
FACEBOOK COMMENTS