काठमाडौँ । यो साताको सेयर बजार पनि निकै कमजोर स्थितिबाट गुज्रिन पुग्यो । कूल नेप्से सूचकमा २० अंकको गिरावट हुँदा कारोबार २ अर्ब ८९ करोडमा झर्न पुगेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता २०.०३ अंकले नेप्से सूचक घट्दै १८ सय ६९.७३ अंकको विन्दुमा झर्न पुगेको छ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार यस्तो नेप्से सूचक १८ सय ८९.७५ अंकको विन्दुमा अडिएको थियो ।
सातामा २०.३ अंकले नेप्से घट्दै गर्दा यता २ अर्ब ८९ करोड ६९ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
साताको चार दिन खुलेको बजारमा तीन दिन लगातार माइनसमा गएको नेप्से सूचक अन्तिम दिन बिहीबार (वैशाख २२ गते) एक दिन मात्र १२.७३ अंकले बढेको छ ।
आइतबार १९.०९ अंकले घटेको नेप्से मंगलबार र बुधबार क्रमश ४.२६ अंकले र ९.४१ अंकले घटेको थियो । सोमबार भने मे १, अन्तर्राष्ट्रिय श्रमिक बिदाको दिन हुँदा बजार बन्द रह्यो ।
FACEBOOK COMMENTS