काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप १४ कम्पनी सहित ४३ कम्पनीलाई ब्रोकर कम्पनी सञ्चालका लागि आशय पत्र दिएको छ ।
बोर्डले यसअघि २ चरणमा २९ कम्पनीलाई आशयपत्र दिइसकेको छ । बिहीबार बसेको बोर्ड सञ्चालक समितिले थप १४ कम्पनीलाई आशयपत्र दिएको हो ।
बोर्डले सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमति पत्र प्राप्त गर्न बोर्डमा आवेदन दिएको इगल स्टक इक्विटी प्रालिले रितपूर्वक निवेदन नदिएको र एनआईसी एसिया सेक्युरिटिज कम्पनी खारेज भएको तथा सेन्चुरी स्टक ब्रोकरले निवेदन फिर्ता लिएको जनाएको छ ।
बोर्डबाट आयश पत्र पाएका कम्पनीले बोर्डले तोकेको मापदण्ड अनुसार पूर्वाधार तयार पारेपछि सेबोनले अनुगमन गर्नेछ । अनुगमन गरेपछि मापदण्ड पुगेका कम्पनीले ब्रोकरका लाईसेन्स पाउने छन् ।
FACEBOOK COMMENTS