काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङले निष्कासन गरेको ‘आरबीबी म्यचुअल फन्ड–२’ इकाईमा आवेदन दिने आज अन्तिम दिन हो ।
आज कार्यालय समय भित्र मात्रै आवेदन दिन सकिने छ । कम्पनीले वैशाख १७ गतेदेखि बन्दमुखी योजना ‘आरबीबी म्यचुअल फन्ड–२’ को १२ करोड इकाई निष्कासन गरेको हो ।
जसमा १ करोड ८० लाख इकाई कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई छुट्याएर बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणलाई खुला गरेको हो ।
फण्डमा न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने छ । आरबीबी म्यचुअल फन्ड–२’ मा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS