काठमाडौं । नेपाल सुनचाँदी कला व्यवसायी संघको केन्द्रीय अध्यक्षमा घनश्याम रिजाल निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न संघको २१औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट च्छोरोल्पा गोल्ड एन्ड सिल्भर ज्वेलर्स दोलखाका प्रोपाइटर रिजाल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
साधारणभाले आगामी तीन वर्षका लागि १९ सदस्यीय कार्यसमिति पनि सर्वसम्मत चयन गरेको छ ।
संघको प्रथम उपाध्यक्षमा काठमाडौंका विष्णुभक्त बराइली र द्वितीय उपाध्यक्षमा धादिङका सानुबाबु बराइली निर्वाचित भएका छन् ।
निर्वाचन समितिका संयोजक अधिवक्ता भोजान लाम्गादेका अनुसार महासचिवमा काठमाडौंका बालकुमार विश्वकर्मा (सुमन), सचिवमा सुनसरीका प्रेमबहादुर विश्वकर्मा, कोषाध्यक्षमा काठमाडौंकै श्यामकुमार विश्वकर्मा र सह–कोषाध्यक्षमा धादिङका सुदिप रसाइली निर्वाचित भएका छन् ।
साधारणसभाले दोलखाका दिपक धनुके, रामेछापका कृष्ण गहतराज, झापाका तिलकबहादुर विश्वकर्मा र धनकुटाका देवबहादुर विश्वकर्मालाई सदस्य चयन गरेको छ ।
काठमाडौंका नविन रसाइली, दिपेन्द्र विश्वकर्मा, केदारनाथ सुनार गहतराज, मानबहादुर विश्वकर्मा, पम्फा श्रेष्ठ, राजिन बराइली, अर्जुन विश्वकर्मा र देवी गौतम गहतराज पनि सदस्यमा निर्वाचित भएका छन् ।
अधिवेशनले सूर्यकुमार बराल र दुर्गा बिकलाई सदस्यमा मनोनित गरेको छ ।
देशभर शाखा सञ्जाल रहेको कला व्यवसायी संघमा १ हजारभन्दा बढी व्यवसायी जोडिएका छन् ।
निवर्तमान अध्यक्ष केशर विश्वकर्माले नवनिर्वाचित अध्यक्षलाई शनिबार नै पदभार हस्तान्तरण गरेका छन् ।
पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष रिजालले व्यावसायिक हकहित प्रवर्धन, ग्राहक सचेतना तथा कालिगढको सीप र कला अभिवृद्धिमा जोड दिने बताए ।
त्यस्तै, सुनचाँदीमा मूल्य अभिवृद्धि गरी निर्यातको पहल गर्न पनि सरकारसँग समन्वय गर्ने प्रतिबद्धता उनले जनाए ।
FACEBOOK COMMENTS