काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको विज्ञापन खुलाएको छ।
आयोगले शुक्रबार माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि लिइने लिखित परीक्षाको दरखास्त आह्वान गरेको हो ।
परीक्षाका लागि जेठ २९ गतेभित्र दरखास्त बुझाइसक्नुपर्ने तथा दोब्बर दस्तुर तिरेर असार ४ गतेसम्म बुझाउन सकिने आयोगको सूचनामा उल्लेख छ।
परीक्षा भदौ २३ गते बिहान ११ बजे हुने सूचनामा उल्लेख छ।
अवोदन दिने अन्तिम दिनसम्म १८ वर्ष उमेर पुगेका स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेका र शिक्षक सेवा नियमावली अनुसार अयोग्य नभएका जो कोहीले लाइसेन्स परीक्षामा आवेदन दिन सक्ने आयोगको सूचनामा उल्लेख छ।
आयोगका अनुसार, परीक्षा दस्तुर १ हजार लाग्ने छ।
FACEBOOK COMMENTS