काठमाडौं । बुधबार नेप्से परिसूचक प्रि ओपन सेसनमा झिनो अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३.३१ अंक बढेर १८२१.६२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०९ अंक घटेर १८२१.५३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।
बुधबार प्रि ओपन सेसनमा ३ स्टकको ३७ हजार ९९२ रुपैयाँ बराबरको १६४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३ वटै स्टकको मूल्य घटेको छ।
FACEBOOK COMMENTS