काठमाडौ । नेपालमै उत्पादन भएको मोटरसाइकल यात्री बिच सडकमा गुड्दा गुड्दै च्यासीस भाँचिएको छ । सोमबार नयाँबजारबाट बालाजुतर्फ जाँदै गर्दा मोटरसाइकलको च्यासीस भाँचिएको हो ।
एक प्रत्यक्ष दर्सीका अनुसार बालाजु तर्फजाँदै गर्दा बिस्नुमति पुलमाथि मोटरसाइकल भाँचिएको बताएका छन् ।
यात्री मोटरसाइकलले भने यो उत्पादीत च्यासीस नभई परीक्षणको लागि बनाइएको च्यासीस रहेको बताएको छ।
यात्रीले लेखेको छ, ‘ सामाजिक सञ्जालमा अहिले च्यासीसको भाँचिएको फोटो भाइरल भएको छ । हामीले यात्रीमा नयाँ डिजाइनको लागि नयाँ भागहरुको परिक्षण गरिरहेको हुन्छौँ । हाम्रा केहि इन्जिनियरहरुले आन्तरिकि परीक्षणको गरिरहेको बेलमा नयाँ च्यासीस भाँचिएको हो यो उत्पादन गर्ने च्यासीस हैन् । त्यसैले नयाँ च्यसीस परीक्षण गर्दा राम्रो रिजल्ट न आएको हो ।’
यात्रीले आजको जुन घटना छ यो परिक्षणको क्रममा भएकोले भ्रममा नपर्न आग्रह गरेको छ ।
नेपालमा सवारीसाधन दर्ताका लागि आयातको कागजपत्र चाहिने व्यवस्थाका कारण उत्पादन भएर पनि दर्ता हुन नसकेको यात्रीको मोटरसाइकल जेठ १ गतें यातायात व्यवस्था कार्यालय गर्जुधारामा दर्ता भएको थियो ।
गत वर्षको १५ मेमा यात्री मोटरसाइकलले पहिलो पी–१ बाइक ग्राहकलाई डेलिभर गरेको थियो । तर, दर्ता हुन नसक्दा यात्रीले उत्पादन गरेका मोटरसाइकलहरूले नम्बर प्लेट पाउन सकिरहेका थिएनन् । कम्पनीले समेत थप उत्पादन रोक्नुपर्ने अवस्था आएको थियो । अब भने दर्ता सुरू भएको छ । यात्रीको पी–१ मोटरसाइकल नेपालमा उत्पादित पहिलो सवारीका रूपमा दर्ता भएको हो ।
पी–१ यात्रीले नेपालमै उत्पादन गरिरहेको विद्युतीय मोटरसाइकल हो । बागमती प्रदेश ०२ बा ४३ प ८६५० नम्बरको पी–१ बाइकले पूर्णरूपमा नेपालमा उत्पादित पहिलो सवारीका रूपमा दर्ता भएको थियो । योसँगै आयातको कागजविनै दर्ता हुने नेपालको पहिलो सवारी पनि बनि सकेको छ ।
नेपालमा सवारी दर्ता गर्दा भन्सार प्रज्ञापनपत्र (एलसी) र भन्सार महसुल तिरेको रसिद अनिवार्य बुझाउनुपर्ने व्यवस्था थियो । सो व्यवस्था संशोधनपछि यात्रीले दर्ता हुन पाएको हो । यात्री मोटरसाइकलले नेपालमै विद्युतीय सवारी साधन उत्पादन गर्ने लक्ष्यसँगै सन् २०१७ को डिसेम्बरमा कम्पनी दर्ता गरेको थियो ।
FACEBOOK COMMENTS