काठमाडौँ– सरकारले महगो विद्युतीय गाडीमा कर छुटको नीति लिएर सस्तो विद्युतीय गाडीमा करको दर बढाएको छ। ५० देखि १०० किलोवाटसम्मको विद्युतीय गाडीमा भन्सार ५ प्रतिशत र १० प्रतिशत अन्तःशुल्क लगाएका छन् ।
५० भन्दा ठूलो १०० किलोवाट क्षमतासम्मका विद्युतीय सवारीमा १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको छ । साथमा महगो विद्युीय गाडी १ सय किलोवाटदेखि २ सय किलोवाटमा भने भन्सार र अन्तःशुल्क घटाए ।
अर्थमन्त्री डा प्रकाश शरण महतले बजेटबाट १ सय किलोवाटदेखि २ सय किलोवाटसम्मको गाडीको भन्सार र अन्त ः शुल्क १० र १० प्रतिशत घटाएका छन। यो सेग्मेन्टको भन्सार अब ३० प्रतिशतबाट ४० प्रतिशत र अन्तः शुल्क ३० प्रतिशतबाट बढेर ४० प्रतिशत पुगेको छ । यसभन्दा पहिला १००देखि २०० किलोवाट क्षमतासम्मका सवारीमा २०र२० प्रतिशत भन्सार र अन्तशुल्क दर तोकिएको थियो ।
यस्तै २ सयदेखि ३ सय किलोवाटसम्मका विद्युतीय गाढीमा भन्सार ५ प्रतिशत मात्रै भन्सार घटेको छ। सरकारले २०० देखि ३०० किलोवाट क्षमतासम्मका सवारीमा भन्सार शुल्क ४० प्रतिशत कायम गरेको छ । यसअघि ४५ प्रतिशत थियो । यो रेन्जका विद्युतीय सवारीमा अन्तशुल्क ४५ प्रतिशत नै कायम छ ।
आगामी आर्थिक वर्षको बजेटले ३०० किलोवाटभन्दा बढी क्षमताका विद्युतीय सवारीको भन्सार दर ६० देखि ८० प्रतिशतसम्म कायम गरिएको छ । यसअघि यस्तो दर ६० प्रतिशत थियो ।
FACEBOOK COMMENTS