काठमाडौँ– नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा विकास दुगड निर्विरोध निर्वाचित भएका छन् ।
नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको मिति आइतबार काठमाण्डौमा सम्पन्न विशेष साधारण सभाले अध्यक्षमा विकास दुगडज्यूलाई निर्विरोध निर्वाचित गरेको हो । साथै उनको अध्यक्षतामा १३ सदस्यीय सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएको छ ।
जसमा निवर्तमान अध्यक्षमा सन्दिप कुमार अग्रवाल , उपाध्यक्षमा रतन लाल केडिया, श्री अमित मोर, महासचिवमा निखिल चाचान र सदस्यहरुमा कमल कुमार वेगानी, श्यामलोहिया, अमित शारदा, दिपक सापकोटा, राजिव गुप्ता, विरेन्द्र कुमार संघई, विपिन कावरा र मनोज तापरिया सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएका छन् ।
FACEBOOK COMMENTS