काठमाडौं । घोराही सिमेन्टले जेठ ३२ गतेबाट सर्वसाधारणलाई प्राथमिन निष्कासन (आईपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले प्रिमियम थप गरी आईपीओ जारी गर्न लागेको हो । प्रति कित्ता आईपीओको मूल्य ४३५ रुपैयाँ छ ।
उक्त आईपीओ खरिदका लागि छिटोमा असार ४ गते र ढिलोमा १४ गतेसम्म आवेदन दिन मिल्छ ।
यसअघि कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारहरुलाई आईपीओ बिक्री गरिसकेको छ । स्थानीयले ४०० रुपैयाँ र श्रमिकले ४३५ रुपैयाँका दरले आवेदन दिएका थिए ।
स्थानीय र श्रमिकले आवेदन नदिएको कित्ता पनि संलग्न गरि कम्पनीले सर्वसाधारणलाई आईपीओ बिक्री गर्दैछ । न्यूनतम १० कित्तादेखि १० लाख कित्तासम्म आवेदन पेस गर्न मिल्छ ।
FACEBOOK COMMENTS