काठमाडौं । बैंकले बुटवल स्थित लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले मोबाइल एप्लिकशन ग्लोबल स्मार्ट प्लस मार्फत लुम्बिनी केबलकारको टिकटमा खरिद गर्दा १० प्रतिशत क्यासब्याक पाउने छन् ।
या योजना अन्र्तगत ग्लोबल आइएमई बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले बैंकको क्यूआरमार्फत भुक्तानी गर्दा तथा डेबिट÷क्रेडिट कार्ड प्रयागकर्ताले बैंकको पीओएस मेसिनबाट टिकट खरिद गर्दा १० प्रतिशत तथा अधिकतम १०० रुपैयाँ सम्म क्यासब्याक पाउनेछन् ।
यो योजना सिमित अवधिको लागि लागु रहने छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्ष रुपमा लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
FACEBOOK COMMENTS