काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ४० दशमलव ४८ अंकले बढेर एक हजार ९ सय ८० दशमलब ०९ विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से ७ दशमलव २७ अंकले बढेर एक हजार ९ सय ३९ दशमलब ६१ विन्दुमा बन्द भएकोे थियो ।
आज तीन अर्ब ४५ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार दुई अर्ब ३० करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २४५ दशमलव ३० रुपैयाँ पुगेको छ । त्यस्तै, सिटी होटल्सको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतले बढेर प्रतिकित्ता १२२ दशमलव २० रुपैयाँ पुगेको छ ।
आज ग्लोबल आईएमई ब्यालेन्स फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ३ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढीे सिटिजन इनभेष्डमेन्ट ट्रष्टको भएको छ । यस कम्पनीको आज ११ करोड ४७लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS