काठमाडौं- विश्वकै धनाड्य जेफ बेजोसलाई एसियाका धनाड्य मुकेश अम्बानीले चुनौती दिएका छन्।
रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले बेजोसको अनलाइन सपिङ कम्पनी अमेजनलाई पछाडि पार्ने गरी इ–कर्मश व्यवसाय(जियो मार्ट) सुरु गरेकाछन् ।
उनको रिलायन्स जियो भारतको दोस्रो ठूलो टेलिकम सेवा प्रदायक कम्पनी हो, जसको ३६ करोड प्रयोगकर्ता रहेका छन् । भने उनको कुल सम्पत्ति ६० अर्ब डलर रहेको छ ।
बिबिसीका अनुसार जियो मार्ट सुरु गर्दै अम्बानीको इन्डस्ट्रिजले घरायसी र किराना सामान डेलिभरीको कामको सुरुवात गरेको छ जसका कारण व्यावसायले सपिङ कम्पनी अमेजनलाई भारतमा पछाडि पर्ने संकेत देखिएको छ ।


जिओमार्ट नाम दिइएको यो व्यवसाय रिलायन्स रिटेल र रिलायन्स जिओका लाखौं उपभोक्ता मार्फत् सञ्चालन गरिने कम्पनीको योजना छ।

जिओमार्टले निःशुल्क र चाँडो डेलिभरी दिने कम्पनीको दावी छ। यसमा हाल किराना सामानहरू मात्र छन् जहाँ ५० हजार भन्दा बढी आइटम सूचीकृत भइसकेका छन्।

अम्बानीको नयाँ कम्पनीले यी दुवैलाई पछि पार्ने लक्ष्य राखेको बताइएको छ। इ–कर्मश शुरुवाती अवस्थामा रहेको छ । यसको कुल कारोबार हाल ८७ करोड डलरको रहेको छ । यो सेवा अहिले भारतको कुल जनसंख्याको ०.१५ प्रतिशतले मात्र लिने गरेका छन् ।