काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित भएका छन् ।
इप्पानको निर्वाचन समितिले अध्यक्षमा किरण मल्ल योग्य नभएको भन्दै निर्वाचन समितिले अन्तिम नामावली प्रकाशनमा उनको उम्मेदवारी खारेज गरेसँगै कार्की अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचन समितिले अध्यक्ष पदमा कार्की, वरिष्ठ उपाध्यक्ष पदमा महोनकुमार डाँगीको नामा प्रकाशित गरेको छ ।
यस्तै उपाध्यक्षमा ५ जनाको नाम प्रकाशन गरेको छ । जसमा भरतबहादुर खत्री, उत्तम भ्लोन, राम प्रसाद आचार्य, आशिष गर्ग र आनन्द चौधरी रहेका छन् । त्यस्तै महासचिवमा बलराम खतिवडाको नाम सार्वजनिक भएको छ । यस्तै सचिव, कोषाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् ।
FACEBOOK COMMENTS