काठमाडौं । शैक्षिक मेला काठमाडौं महानगरपालिकाले बन्द गराएको छ । भृकुटीमण्डपमा आजदेखि सुरु भएकोमा बन्द गराएको हो । महानगरको शिक्षा विभाग अधिकारीहरुसहित भृकुटीमण्डपमा पुगेका महानगर प्रहरीहरुले त्यहाँका स्टल हटाइ नगर प्रहरी परिचालन गराएको थियो ।
प्रक्रिया पूरा नगरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ ९हिसान०ले मेला सञ्चालन गरेको भन्दै महानगरले मेलामा राखिएका स्टलहरु हटाएको काठमाडौं महानगरले जनाएको छ । एसईई र कक्षा १२ को नतिजा कुरेर बसेका विद्यार्थी अभिभावकलाई लक्षित गरेर राखिएको हिसान मेला अनधिकृत रुपमा सञ्चालन भएको महानगरले जनाएको छ।
FACEBOOK COMMENTS