काठमाडौं । लक्ष्मी बैंकको आज विशेष साधारण सभा बोलाएको छ । सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाका लागि जेठ २६ गते बुक क्लोज गरिएको छ ।
लक्ष्मीले सनराइज बैंकसँग मर्जर गर्नका लागि सभा बोलाएको हो । सभाले सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गर्नेछ ।
मर्जर प्रयोजनका लागि मुल्याङनकर्ताले तयार गरेको बैंकको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्गन (डीडीए) प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात पारित गर्नेछ ।
मर्जपश्चात बैंकको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी बैंकका अजयबिक्रम शाह हुने छन् । दुवै बैंक १ः१ अनुपातमा मर्ज हुन लागेका छन् । मर्जपश्चात लक्ष्मी सनराइज बैंकको नाममा एकीकृत कारोबार हुनेछ । मर्ज पश्चात बैंकको चुक्ता पुँजी २० अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड सनराइजको १० अर्ब ११ करोड रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS