काठमाडौं। बालुवाटारस्थित ललिता निवासको जग्गामा अहिले झार उम्रेको छ । त्यस्तै वरपर प्रधानमन्त्री निवास, राष्ट्र बैंक, भाटभटीनी स्टोर, एनआरएन भवन र घरहरु देख्न सकिन्छ ।
ललिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ ।
त्यस्तै, यो जग्गा व्यक्तिको नाममा नामसारी गर्ने क्रममा सरकारी कागजात किर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पनि अनुसन्धान गरिरहेको छ ।
सरकारी जग्गा व्यक्तिका नाममा सार्ने यो योजनामा मिलेमतो गरेका भूमाफिया र कर्मचारी र किनबेचमा संलग्नहरू केही पक्राउ परेका छन् । केही माथि अनुसन्धान भइरहेको छ ।
FACEBOOK COMMENTS