काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को निर्वाचनका विषयमा उच्च अदालत पाटनले कारण देखाउ आदेश जारी गरेको छ
निर्वाचन प्रक्रियामा भाग लिन नदिएको भन्दै इप्पान विरुद्ध इञ्जिनियर किरण मल्लले दायर गरेको मुद्दामा अदालतले कारण देखाउ आदेश जारी गरेको हो । शुक्रबार न्यायाधीश हरिप्रसाद पौडेलको एकल इजलाशले जिल्ला प्रशासन कार्यालय ललितपुरसहित ७ जनाको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
गत जेठ अन्तिम साता भएको वार्षिक साधारणसभामा विधान विपरित निर्देशिका बनाएको र निर्वाचनमा आफूलाई भाग लिन नदिएको भन्दै मल्लले अदालतामा मुद्दा दायर गरेका थिए ।
मल्लको मुद्दामा शुक्रबार सुनुवाई गर्दै अदालतले निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? यसबारे कुनै आधार, कारण र प्रमाण भए सो सहित सूचना तामेल भएको मितिबाट बाटाको म्याद बाहेक १५ दिनभित्र लिखित कारण पेश गर्न आदेश दिएको छ ।
FACEBOOK COMMENTS