काठमाडौं । धितोपत्र बजारवाट सरकारले आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ९७ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ ।
सरकारले व्यक्तिगत लगानीकर्तातर्फ दीर्घकालीनवाट ९९ करोड ८५ लाखभन्दा बढी र अल्पकालीनबाट १ अर्ब ६४ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ ।
त्यस्तै संस्थागत लगानीकर्ताबाट सरकारले आव २०७९/८० मा ३३ करोड १२ लाखभन्दा बढी पूंजीगत लाभकर संकलन गरेको छ । गत आव सरकारले अघिल्लो आवको तुलनामा ७१ प्रतिशतभन्दा कम पंजीगत लाभकर संकलन गरेको हो ।
अघिल्लो आव २०७८/७९ मा सरकारले १० अर्ब ३५ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । अघिल्लो वर्ष दीर्घकालीन लगानीकर्ताबाट २ अर्व ३६ करोड ६१ लाखभन्दा बढी र अल्पकालीनबाट ६ अर्ब ४९ करोड ६५ लाखभन्दा बढी कर सरकारले उठाएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS