एजेन्सी । श्रीलङ्काको संसदले बुधबार बिना मतदान भ्रष्टाचार विरोधी विधेयक पारित गरेको संसदको सञ्चार एकाइले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संसदको सञ्चार एकाइका अनुसार उक्त विधेयक संशोधनसहित पारित भएको हो । यसअघि उक्त विधेयक संविधानसम्मत छ कि छैन भनेर सर्वोच्च अदालतमा पठाइएको थियो ।
अदालतले विधेयकको मस्यौदामा संविधानसँग बाझिएका केही दफा रहेको र त्यसलाई संशोधन गरिएको जानकारी सभामुखलाई गराएको थियो ।
श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग आफ्नो मुलुकको शासन प्रणालीमा सुधार ल्याउन र भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिअनुसार भ्रष्टाचार विरोधी नियमहरू ल्याउन गरेको सम्झौतासँग यो कानून जोडिएको छ ।
FACEBOOK COMMENTS