काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ८० किलो भन्दा बढी सुन बरामद भएको छ ।
राजस्व अनुसन्धान विभागको टोलीले विमानस्थलमा छापा मार्दा उक्त सुन बरामद गरेको जनाएको छ । उक्त सुन हङकङबाट ल्याइएको हुन सक्ने बताइएको छ । सुन भने बरामद भएको राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।
उनका अनुसार विशेष सूचनाका आधारमा राजश्वको टोली विमानस्थल भन्सारमा छापा हानेको हो । अहिले त्यसको अनुसन्धान भइरहेको उनको भनाइ छ ।
FACEBOOK COMMENTS