काठमाडौं । नेपाल ब्युटिसियन संघले भोलि काठमाडौंको माइतिघरमा बिहानको ११ बजे शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ । सोमबार एक कार्यक्रम गरी सरकारसँग राखेको माग पुरा नगरेको भन्दै आन्दोलन गर्न लागेको हो ।
फेसियल हाउसका सञ्चालक सुष्मा महराले म विरुद्ध आएको न्युजमा सत्यता नरहेको बताएकी छिन् ।
उनले भनिन्,‘ हामी हाम्रो पेशालाई मन्दिर र ग्राहकालाई भगवान मान्छौंं । तर हामी जस्लाई भगवान मान्छौँ त्यो व्यक्तिनै राक्षस हुने रहेछ । कर्णले मलाई मात्र हैन ब्युटिसियन पेसालाईनै हेप्नु भएको छ । कसैको हेपाईमा बस्दैनै । अब आन्दोलनमा जान्छौँ । सराकारले हाम्रो माग पुरा गरेको छैन् । अब हामी चुप बस्दैनै । ’
महराले आफु विरुद्धको न्युजमा सत्यता नरहेको बताइन् ।
त्यस्तै नेपाल ब्युटिसियन संघका निर्वतमान अध्यक्ष भगवती खड्काले हामी गुन्डा गर्दी गर्ने नसक्ने बताएकी छिन् ।
उनले भनिन् ,‘हाम्रो यो संघ भनेको केहि नजानेको केहि नबुझेको संघ भन्ने सरकारको बुझाइमा रहेको छ । यो संघ देशको अर्थतन्त्रमा टेवा पुर्याउने संघ पनि हो भनने सरकारले बुझनुृ पर्छ । आफु रोजगारी भएर अर्को व्यक्तिलाई समेत रोजगार दिएका छन् । तर यस्तो व्यक्तिलाई देशले सम्मान दिन सकेको छैन ।’
खड्काले मन्त्रलायको कुनै एक ठाउँमा बसेर काम गर्ने व्यक्तिले नानाथरि भनेको सहन नसकने बताइन् । हाम्रो अन्तिम विकलप आन्दोलन हो । हाम्रो सरकारमा रहेको व्यक्तिहरुको कान छ भने सुन्नु होला किन चुपलागेर बसि रहनु भएको छ । आज बेलुका सम्म बर्ता हुन्छ भन्ने अपेक्षा गरेको छु अब बर्ता नभए चरण बद्ध रुपमा आन्दोलन गछौँ ।
फेसियल हाउस प्रा।लि।का संचालक सुष्मा महराज्यूलाई विगत केही दिन पहिला निजको काठमाडौंको के।एल।टावर स्थित रहेको फेसीयल हाउसमा सेवा लिन भनी आएकी नेपाल सरकार, गृह मन्त्रालय,अध्यागमन विभागमा कार्यरत रहेको बन्दना कर्णले फेसीयल हाऊसमा खुला रुपमा राखिएको सिसिटिभिको हवाला दिई उक्त सिसिटिभिले निजको ब्यक्तिगत गोपनियता माथि आँच आएको भनी महानगरिय प्रहरी बृत, गौशलामा उजुरी दिएकोमा प्रहरीबाट सो सम्वन्धमा आवश्यक अनुसन्धान भै उजुरी ब्यहोरा अनुसारको अपराधिक कार्य नभएको देखिएकोले मिति २०८०।०३।२८ मा निज बन्दना कर्ण कै सहमतीमा प्रहरी कार्यालयमा दुई पक्ष बिच आपसि लिखित सहमती भैसकेकोमा पछि सोही बिषयलाई लिएर पुनः ब्युटीसियन पेशा माथि आँच आउने गरि झुठा रुपमा आरोपहरु लगाई ब्यूटीपार्लरमा कानून सम्मत कार्य नभएको भन्ने झुठा प्रचारप्रसार गरि आफु गृह मन्त्रालय मातहतको कर्मचारी भएको नाताले आफ्नो पदिय दुरुपयोग गरि गृह मन्त्रालय, गृह सचिव तथा महानगरिय प्रहरी परिसर, टेकुलाई समेत आफ्नो प्रभावमा पारि एक पल्ट आफुले नै सहमती गरेको बिषयमा पनि मुख फेरीकि छिन् ।
कर्णले फेलिय हाउसकी संचालक सुष्मा महरा र फेसियल हाउसलाई बदनाम गर्ने नियतले गरेको उजुरी विरुद्ध उच्च अदालत पाटनले अन्तरीम आदेश जारी गरी सकेको छ ।
नेपाल ब्युटिसियन संघल यही ५ गते शुक्रबार ब्युटिसियन संघका निर्वतमान अध्यक्ष भगवती खड्का र वर्तमान महासचिव शसि शाहको नेतृत्वमा गृहमन्त्री, उद्योगमन्त्री र सभामुखलाई भेटर ज्ञापन पत्र बुझाएको थियो ।
उनीहरुले नेपाल सरकार, गृह मन्त्रालय,अध्यागमन विभागमा कार्यरत बन्दना कर्णले फेसीयल हाउसकी संचालक सुष्मा महरालाई फसाउने नियतले प्रहरीलाई दवाब दिदै आएको भन्दै मन्त्रीहरुलाई अनुसन्धान अनुसन्धान गरी कारबाही गर्ने आग्ह गरेको थियो । उक्त विषयको अनुसन्धान र कारबाही नभएको भन्दै संघले देशब्यापी आन्दोलन गर्ने भएको हो ।
FACEBOOK COMMENTS