काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ३० पैसा बिक्री दर १३१ रूपैयाँ ९० पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रूपैयाँ ०८ पैसा बिक्री दर १४४ रूपैयाँ ७४ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ २९ पैसा र बिक्री दर १६९ रूपैयाँ ०६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०४ पैसा बिक्री दर ३६ रूपैयाँ २१ पैसा रहेको छ ।
FACEBOOK COMMENTS