काठमाडौं । भगवती हाइड्रोपावरकम्पनीले निष्कासन गरेको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयले आज कार्यालय समयसम्म आवेदन दिनु पर्ने छ । कम्पनीले असार २४ गतेदेखि प्रिमियम मूल्यमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी ११६ रुपैयाँ दरमा सेयर निष्कासन गरेको हो ।
स्थानीयलाई ५ करोड ७२ लाख ६ हजार रुपैयाँको आईपीओ निष्कासन गरेको हो । आईपीओमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १३, १४, २६ र २७ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
यस आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानीयले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकको स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS