काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयलले आजदेखि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रिमियम मूल्यमा सेयर जारी गरेको हो । अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २२५ रुपैयाँका को दरले १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको छ । आयोजना प्रभावित दाङ र रोल्पा जिल्लाका स्थानीयका लागि निष्काशित गरिएको छ ।
आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । उद्योग प्रभावितले भदौ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थपेर प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसाको दरले १० लाख ७६ हजार २६८ कित्ता निष्कासन गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भदौ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम १० लाख ७६ हजार २६८ कित्तासम्म आवेदन दिन सक्नेछन् ।
स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, कुमारी बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS