काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म नाफा ४६.५६ प्रतिशतले बढेर ४० करोड ३१ लाख ७४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ५० लाख ९१ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको खुद बिमा शुल्क आम्दानी १ अर्ब ५९ करोड २० लाख ७७ हजार रुपैयाँ पुगेको छ । २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ५९ करोड ६९ लाख ५२ हजार रुपैयाँ रहेको छ ।
बिमा कोषको आकार १ अर्ब ५३ करोड ७४ लाख ३६ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ८९ पैसा रहेको छ ।
FACEBOOK COMMENTS