काठमाडौं । कामना सेवा विकास बैङ्क र टि थ्री थकाली ग्रुप प्रा. लि.बिच मर्चेन्ट सम्झौता भएको छ । आज बिहिवार आयोजित एक कार्यक्रमकाबिच दुई कम्पनीले उक्त सम्झौता गरेका हुन् ।
सो सम्झौता अन्तर्गत कामना सेवा विकास बैङ्कसँग आबद्ध ग्राहकहरूले एयरपोर्ट, सिनामङ्गल, काठमाडौँस्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरूमा आफ्नो ग्राहकहरूलाई १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न गर्नेछन् ।
बैङ्कसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैङ्कमा आबद्ध सम्पूर्ण ग्राहकहरूले विशेष लाभ लिनसक्ने विश्वास रहेको बैङ्कले जनाएको छ ।
FACEBOOK COMMENTS