काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले बढेर बन्द भएको छ । । अघिल्लो दिन १७ अंकले बढेकोमा आज थप २९ दशमलव ४७ अंकले बढ्दै नेप्से सूचक २ हजार ४५ दशमलव ४५ अंकको विन्दुमा उक्लिएको हो ।
क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ४ दशमलव ३० अंकले बढ्दै ३९० दहमलव २८ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
समग्रमा २९ अंकले बढेको बजारमा आज १ अर्ब ५१ करोड ४ लाख ८८ हजार रुपैयाँ बराबरको ४२ लाख ३७ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज पनि १३ वटै उपसूचक धनात्मक हुँदै बजारमा हरियाली छाएको छ ।
कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य आज पनि ९ दशमलव ९९ प्रतिशतले बढेको छ भने ग्लोबल आईएमई ब्यालेन्स फन्डको मूल्य ९ दशमलव ६४ प्रतिशतले बढेको र सिटिजन्स सुपर ३० म्युचुअल फन्डको मूल्य ७ दशमलव ४२ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS