मनसुनी वर्षा कहिलेसम्, कस्तो छ आजको मौसम ?
कर्पोरट खबर
6:25 am, शुक्रबार, भदौ २२, २०८०
काठमाडौं । आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुनी वर्षा जारी रहेको र आगामी दुई दिन हल्कादेखि मध्यम वर्षा हुनेछ । हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले मौसममा बदली हुनुका साथै वर्षा भइरहेको उनले जानकारी दिए ।
बिहीबार काठमाडौँ उपत्यकासहित देशका कतिपय स्थानमा वर्षा भएको छ । आज शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
नेपालमा यस वर्ष गत जेठ ३१ गतेबाट मनसुन प्रवेश गरेको थियो । आगामी असोज १५ गते सम्म मनसुन जारी रहने महाशाखाले जनाएको छ । नेपालमा औषतः जुन १३ देखि मनसुन प्रवेश गर्ने भएपनि यस वर्ष एक दिन ढिलो गरी अर्थात् जुन १४ देखि पूर्वी भेग भएर मनसुन प्रवेश गरेको थियो ।
FACEBOOK COMMENTS