काठमाडौँ । सरोकारवालाले युवाका नीति बने पनि कार्यन्वयनमा समस्या रहेकोले युवाका क्षेत्रमा काम हुन नसकेको बताएका छन् । राष्ट्रिय युवा परिषद् र नेपाल विजनेश इन्स्च्यिुटले आज सयुक्त रुपमा आयोजना गरेको ‘तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलन–२०८०’ को ‘वर्तमान आर्थिक चुनौति र उद्यमशीलताको मार्गचित्र’ बिषयक अन्तरक्रिया कार्यक्रमम उनीहरुले युवाका क्षेत्रमा धेरै नै नीति बने पनि कार्यन्वयनमा समस्या भएको बताएका छन् ।
राष्ट्रिय योजना आयोजका उपाध्यक्ष डाक्टर मीनवहादुर श्रेष्ठले १६ औ पञ्चबर्षिय योजना बनाइरहेको र उक्त योजनामा बाहिर भएका युवालाई नेपाल फर्काउने कार्यक्रम बनाइरहेको बताए । उनले युवाहरुलाई उपलब्ध गराउदै आएको सहुलितपूर्ण कर्जा उत्पादन नबढेकोले कर्जा रोक्नुपरेको बताए ।
“सहुलियतपूर्ण कर्जा गयो । तर उत्पादन र रोजगारी पनि बढेन । त्यसैले हामीले अहिले रोकेको छौ,” उनले भने । कार्यक्रममा उद्योग तथा बाणिज्य मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नीति ल्याएपनि कार्यन्वयनमा समस्या भएकोले युवाको मुद्दा समाधान गर्न नसकिएको बताए । उनले युवाका समस्या युवासंग बसेर छलफल गर्न सके युवाका क्षेत्रमा धेरै नै अगाडि बढ्न सकिने धारणा गरे ।
उनले उद्यमशिल हुन तयार रहेका युवालाई सरकाले सहयोग गर्न तयार रहेको बताए । सचिव मरासिनीले स्टार्टअप सम्बन्धि कार्यविधि सवै निकायमा पुर्याइरहेको भन्दै संशोधनको हुन नसकेर कार्यविधिलाई जारी गर्न नसकेको बताए । उनले पाँच महिना हुँदा पनि कार्यविधि बन्न नसकेर युवाका क्षेत्रमा काम गर्न नसकेको बताए । उनले अन्तरनिकाय मन्त्रालयबीच समन्वय नहुँदा युवाका समस्यालाई सम्बोधन गर्न नसकिएको बताएका छन् ।
त्यस्तै नेपाल बैंकर एसोसिएसनका अध्यक्ष सुनिल केसीले लगानी गरेको ऋण उठ्ने निश्चित हुनुपर्ने बताएका छन् । उनले आफूहरु पनि युवाका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको भन्दै तर लगानी नउठ्ने कि भन्ने जोखिम रहेकाले केही बैंकहरु उद्यमशीलतामा लगानी गर्न डराएको बताएका हुन् । “ऋण फर्कन सक्ने अवस्थामा हामी लगानी गर्दछौ । व्यापारीलाई सफल बनाउने के गर्न सकिन्छ त्यो गर्न हामी तयार रहेका छौ, ” उनले भने ।
उनले जनयुद्ध, भुकम्प र कोरोना भाइरसले गर्दा बैंकलाई समस्या परेको भन्दै उद्यमका अगाडि बढ्न चाहने युवालाई बैंकले सहयोग गर्न तयार रहेको बताए ।
नेपाल उद्योग बाणिज्य महासङ्घका पूर्व अध्यक्ष भवानी राणाले उनले अहिलेका युवा धेरै क्रियटिभ रहेको भन्दै नीति नियमको परिमार्जन गरेर युवालाई उद्यमशीलता बनाउन आवश्यक रहेको भनाई राखे ।
उनले सरकारले युवाका लागि ल्याइएको योजनामा राजनीतिकरण भइरहेको भन्दै त्यसलाई रोक्नुपर्ने भनाई राखे । कार्यक्रममा उद्यागी पवन गोल्यानले स्थानीय तहसंग मिलेर युवालाई उद्यमशीलता बनाउनुपर्ने बताए । “किसानले दुःख गरेर उत्पादन गर्दछ तर वेच्न सक्दैन । किसानले उत्पादन गरेको खाद्यबस्तुलाई वेच्ने वातावरण सरकारले बनाइदिनुपर्दछ ,”उनले भने ।
FACEBOOK COMMENTS