काठमाडौं । केएफसी नेपालको दरबारमार्ग स्टोर पुनः सञ्चालनमा आएको छ । आधुनिक तथा रमणीय वातावरण सहित ग्राहकलाई खानाको उत्कृष्ट अनुभूति दिलाउने उद्धेश्य लिएको केएफसीको दरबारमार्गस्थित स्टोर निर्माणपश्चात पुनः सञ्चालनमा आएको हो ।
चाडपर्वलाई लक्षित गर्दै केएफसी नेपालले बहुप्रतिक्षित डबल डाउन वर्गर (अल चिकेन नो वन) को उत्पादन सुरु गर्ने भएको छ ।
स्टोरको परिमार्जित इन्टेरियर डिजाइन, सुधारिएको सिट प्रबन्ध र स्वागतयोग्य वातावरणले पाहुनाहरुलाई स्मरणीय भोजन अनुभव दिने कम्पनीले बताएको छ ।
साथै ग्राहकहरु स्वचालित रुपमा खानेकुरा अर्डर गर्न सकिने सेल्फ–अर्डरिङ कियोस्क मेसिन जडान गर्ने भएको छ । आउदो चाडपर्वको अवसरमा केएफसी नेपालले ५२९ रुपैयामा डबल डाउन वर्गरको अफरपनि ल्याएको छ ।
सन् २००९ को नोभेम्बर २५ मा दरबारमार्गस्थित केएफसी स्टोरको सञ्चालनसागै नेपालमा केएफसी ब्राण्डको प्रवेश भएको थियो ।
FACEBOOK COMMENTS