काठमाडौँ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत विभिन्न निकायमा कार्यरत इन्जिनियर तथा सब इन्जिनियरहरूको नियमित सुरुवा रोकिएको छ । मन्त्रालय अन्तर्गत रहेका १३ सय बढी इन्जिनियर तथा सब इन्जिनियरहरू सरुवा माग गर्दै सडक विभागमा हुलहुज्जत गर्न थालेका छन् ।
कार्यक्षेत्र छाडेर विभागमा उनीहरू जम्मा हुँदा सम्बन्धित ठाउँको मात्र होइन विभागको समेत काम प्रभावित हुन पुगेको छ । शुक्रबार सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालको कार्यकक्षभित्र अमर्यादित तरिकाले प्रस्तुत भएका उनीहरूले आइतबार दिनभरि बबरमहलस्थित सडक विभागको कार्यालयमा त्यस्तै हर्कत गरेका छन् । उच्च कर्मचारीहरूको कोठा र कोठामा पुगी आक्रोश पोखेका थिए भने मन्त्रालयमा पनि उनीहरूले उस्तै तरिकाले विरोध गरे ।
सडक विभागका प्रवक्ता रामहरि पोखरेलले विभिन्न जिल्लाबाट काठमाडौंमा आएर बसेका इन्जिनियरलाई आ-आफ्नो जिल्लामा अनिवार्य रूपमा फर्कन निर्देशन दिएको बताएको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS