काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज (सोमबार) दोहोरो अंकले घटेको छ ।
आज नेप्से २३ दशमलव १६ अंकले गिरावट हुँदा १८५१ दशमलव ४३ को विन्दुमा बन्द भएको छ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडको सीमा बढाएपनि त्यसयता सेयर बजार भने लगातार घटिरहेको छ । सोमबार नेप्सेमा सबै उपसूचकमा गिरावट भएको छ । जीवन बीमा उपसूचक २ दशमलव ०९ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक २ दशमलव ०४ प्रतिशत र हाइड्रोपावर उपसूचकमा २ दशमलव ०२ प्रतिशतले गिरावट भएको छ ।
बैंकिङ प्रणालीमा तरलता लगातनर बढेपनि ब्याजर घट्नमा लगानीकर्ता विश्वस्त नहुँदा बजारमा लगातार गिरावट देखिएको हो । दशैं नजिकिंदै गर्दा नेप्सेसँगै कारोबारमा पनि गिरावट भएको छ । गत बिहीबार १ अर्ब ७० करोडको कारोबार भएको बजारमा सोमबार कारोबार रकम घटेर १ अर्ब २५ करोड ३३ लाखमा सीमित भएको छ । सोमबार नेप्सेमा कुल ६९ हजार ८३२ वटा कारोबारमा ४८ लाख ३७ हजार ८९३ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।
FACEBOOK COMMENTS