काठमाडौं । पठाओ र इनड्रइभका नाममा अफलाइन राइड गर्ने ८३ चालकलाई कारबाही प्रहरीले कारबाही गरेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौका अनुसार ८३ जनालाई कारबाही गरिएको छ ।
काठमाडौँका विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणलाई ओसारपसार गर्ने ‘अफलाइन राइड ट्रिप’ क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले आज जारी गरेको विज्ञप्तिमा विगतका केही आपाराधिक घटनामा यस्ता सवारी चालकको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलतालाई दृष्टिबाट सदैव जोखिम सिर्जना हुने भएको कारणले अफलाइन राइड शेयर नगर्ने तर्फ सचेत रहन अनुरोध गरिएको छ
FACEBOOK COMMENTS