काठमाडौं-नेपाल वायु सेवा निगमको पहिलो वाइड बडी ए ३३०- २०० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अवतरण गरेको छ।
गत वैशाखमा निगमले निगमले दुर्इ वटा जहाज फ्रान्सको एएआर किन्न सम्झौंता गरेको थियो ।
जहाज किन्न सरकार जमानी बसेर कर्मचारी संचय कोष र नागरिक लगानी कोषबाट २४ अर्ब रुपैयाँ निगमले ऋण लिएको छ।अर्को जहाज डेढ महिनापछि काठमाडौं आउनेछ।
यो जहाजमा २ सय ७४ सीट छन्।जसमा १८ सीट विजनेश र २ सय ५६ सीट साधारण क्लासका छन्।
निगमका अनुसार नेपाल नागरिक उड्ययन प्राधिकरणको उडान अनुमति दिएपछि व्यवसायिक उडानमा लगाइनेछ।यो जहाजबाट पहिलो चरणमा दुबर्इ र दोहा उडान गर्ने निगमले जनाएको छ।यो जहाज नेपाल ल्याउनु अघि फ्रान्समै अन्तिम परीक्षण उडान गरिएको थियो।
FACEBOOK COMMENTS