काठमाडौं, माघ २०- मुक्तिनाथ विकास बैंकले धादिङ्ग जिल्लाबाट वित्तीय जागरण अभियान शुरुवात गरेको छ । बैंकले माघ १५ गते गल्छी गाँउपालिका, वडा नं ९, बैरेनी स्थित गाउँपालिका भवनमा सोही गाँउपालिका वडा नं ७, का अध्यक्ष हरी खतिवडाको आतिथ्यमा वित्तीय जागरण अभियान सम्पन्न गरेको छ । त्यसैगरी बैंकले माघ १७ गते डिल्ली सावित्री माध्यमिक विद्यालय, धुनीवेशी ९ धार्केमा पनि साक्षरता कार्यक्रम समपन्न गरेको छ ।
दुवै कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, लघुवित्त कार्यक्रममा केन्द्रको व्यवस्थापन, अधिक र अनुत्पादक कर्जा लिँदाका बेफाइदाहरु, उपयुक्त व्यवसाय छनौट,व्यवसायीक योजना, सफल उद्यमीका विशेषताहरु, बचत, कर्जा, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने काम गरिएको थियो ।
कार्यक्रममा १७० जना ग्राहकहरुको सहभागीता रहेको थियो ।उक्त कार्यक्रममा बैंकसंग कारोवार गर्ने उत्कृष्ट ग्राहकहरु तथा उत्कृष्ट केन्द्रहरुलाई पुरस्कार तथा प्रमाण पत्रवितरण गरिएको थियो ।
मुक्तिनाथ विकास बैंकले“आजकोे आवश्यकता, सबैमा वित्तिय साक्षरता” भन्ने आशय सहीत समुदाय र विद्यालय स्तरीय वित्तिय साक्षरता कार्यक्रम सँगसँगै वित्तिय जागरण कार्यक्रमलाई समेत अभियानकै रुपमा अन्य जिल्लाहरुमा पनि सञ्चालन गर्ने योजना बनाएको छ ।
बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS