काठमाडौं । नेपाल राष्ट्र बैंकले कात्तिक १९ गतेदेखि सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री गर्ने भएको छ ।
तिहारका लागि सिक्का बिक्री गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले जनाएको छ । महाशाखाले सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने छ ।
राष्ट्र बैंकले १० ग्राम, ५ ग्राम र २.५ ग्रामको सुनको असर्फी बिहान ११ देखि ३ दिउँसो बजेसम्म बिक्री हुनेछ । सुनका असर्फी र चाँदीको सिक्का कात्तिक २४ गतेसम्म बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS