काठमाडौँ । शुक्रबार मध्यरातमा पश्चिमको नेपालको जाजरकोट तथा रुकुममा गएको विनाशकारी भूकम्पबाट पुर्याएको मानवीय तथा संरचनागत क्षतिले मर्माहित तुल्याएको विशाल ग्रुप अन्तर्गतको भि.जि. फाउन्डेशनले जनाएको छ ।
फाउन्डेशनले भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण नेपालीहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ ।
साथै घाईतेहरु सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस फाउन्डेशनले सोमबार विज्ञप्ति मार्फत प्रधामन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा २१ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ।
FACEBOOK COMMENTS