सामाजिक सञ्जाल टिकटकले गर्दा फेन्सीको व्यापार खस्कियो
कर्पोरट खबर
11:11 am, आइतबार, कात्तिक २६, २०८०
पोखरा । फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराका द्वितीय उपाध्यक्ष नवराज त्रिपाठीले अनलाइन व्यापारीले गर्दा हाम्रो व्यापार संकटमा आएको बताएका छन् ।
उनले भने, ‘ अहिले अनलाइन बाट व्यापार व्यवसाय गर्ने धेरै छन् ।
अनलाइन व्यापार गर्नेले कम्पनी दर्ता गरेका हुदैँन्न त्यसले गर्दा सकारलाई पनि घाटा र व्यवसायीलाई पनि घाटा भएको छ ।
हामीले खरिद गर्दा ५८ सय पर्ने जुत्ताको मूल्य अनलाइनमा भने ४५ सयमा पाइनछ भन्छन् तर उनीहरूले त्यो सामान दिन सक्दैनन् र त्यस्तै क्वालीटी दिन सक्दैनन् । यसले गर्दा वास्तविक व्यापारीहरूको व्यापार खुम्चिने अवस्था छ ।’
त्रिपाठीले अनलाइनमा व्यापार व्यवसाय गर्दा ग्राहक ठगिने र मुल्यपनि उचित नहुने बताए ।
उनले थपे, ‘ सामाजिक सञ्जाल टिकटकले गर्दा व्यापार व्यवसाय सहज पनि भएको छ र असहज पनि भएको छ । टिकटकमा उस्तै जुत्ता तथा लुगा सस्तोमा बेचिदिन्छन् तर हामी काँहा त्यही ग्राहक सामान किन्न आउँदा मूल्य बढी भयो भनि किन्दैन्न । यस्ले गर्दा व्यापार व्यवसाय थोरै मात्रामा कम भएको छ ।’
FACEBOOK COMMENTS