काठमाडाैँ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले अब बिमाकाे स्किम ल्याउँदा गरिबले गर्न सक्ने स्किम ल्याउनु पर्ने बताएका छन् ।
सुर्य ज्याेति लाईफ इन्स्योरेन्स कम्पनीको सही प्लान उद्घाटन कार्यक्रममा बाेल्दै उनले यस्तो बताएका हुन् ।
‘सरकारी सबै भवन र सम्पतिको बीमा हुने सरकारको निर्णयबाट हामी खुसी छौं, यो एक सकारात्मक पक्ष हो’ अध्यक्ष शिलवाल भने, ‘यसको लागी मुख्य सचिवको संयोजकत्वममा सरकारी सम्पतीको बीमा गर्न र लगत निकाल्न समिती गठन भएको छ ।’
अब बीमा कम्पनीहरुले बीमा संबन्धी जनचेतना जगाउन जिल्ला जिल्लामा गएर सचेतना बढाउन शिलवालले आग्रह गरे ।
उनले सरकारले राष्ट्रिय बीमा निती ल्याउनु पर्ने तर्क राखे । उनले भने, ‘सरकारले राष्ट्रिय बीमा निती बनाउनु पर्छ । प्रदेश र स्थानिय तहले आफ्नै बीमा निती आउनुपर्छ ।’
‘गाडीको चाँही बीमा गरिने, करोडौं को घरको बीमा गर्नु पर्दैन । अव बीमालाई बुझाउन थोरै प्रिमियम कम भएका प्रोडक्ट ल्याउनुपर्छ’ उनले भने ।
FACEBOOK COMMENTS