काठमाडौं । एनआइसी एसिया क्यापिटलले आजदेखि ‘एनआइसी एसिया ग्रोथ फन्ड २’ निष्कासन गरेको छ ।
क्यापिटलले १० करोड इकाई बिक्री निष्कासका गरेकोमा १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआइसी एसिया बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरिएको छ ।
यसमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा माग अनुसार आवेदन नपरेमा मंसिर १८ गतेसम्म आवेदन दिन सकिने छ । प्रतिइकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने छ ।
यसमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS