काठमाडौं । आइचर कमर्सियल भेहिकलको नेपालस्थित आधिकारिक विक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकल प्राइभेट लिमिटेडले आजदेखि १६ वटा विभिन्न ग्राहक सेवा केन्द्रबाट विशेष सर्भिस सेवा प्रदान गर्ने भएको छ ।
आजदेखि सुरू भएको सर्भिक क्याम्प चाल दिनसम्म सञ्चालन हुने छ ।
काठमाडौं उपत्यकामा भक्तपुरको जगाती र काठमाडौंको सतुङ्गलबाट ग्राहकहरूले सेवा लिन सक्नेछन् भने उपत्यकाबाहिर बिर्तामोड, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौंडा, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगडीमध्ये आफूलाई पायक पर्ने स्थानबाट सेवा लिन सकिने छ ।
त्यसैगरी, डिलरमार्फत पोखरा, बुटवल, नारायणगढ, नौबीसे, त्रिशूलीबाट पनि ग्राहकहरूले सेवा लिन सक्नेछन् ।
चार दिने क्याम्पमा आइचरका ५०० भन्दा बढी व्यावसायिक गाडीहरूको अत्यन्त प्रभावकारी ढङ्गले जाँच एवम् मर्मत सम्भार गरिने र जाँच गराउन आउँदा सवारी धनीहरूले स्पेयर्स पार्ट्समा १०% छुट, लुब्रिकेट्समा १५% छुट, विशेष मर्मतमा २५% सम्मको छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
यसैगरी, नियमित मर्मत सम्भार, ड्राइभर ट्रेनिङ, ब्याट्री तथा वायरिङ चेकअप नि:शुल्क रूपमा पाउनाका साथै अन्य थुप्रै सुविधाहरू पनि प्राप्त गर्नेछन् । बदलिँदो मौसमसँगै गाडीमा आइपर्ने विभिन्न समस्याहरूको समाधान गरी ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित आइचरले कमर्सियल भेहिकल सर्भिस क्याम्पको आयोजना गरेको जनाएको छ ।
भोल्भो र आइचरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नवीन प्रविधिका उत्पादनहरू उत्पादन गर्दै आएका कारण नेपालसहित विश्वबजारमा आइचर ग्राहकको पहिले रोजाई बन्दै आइरहेको कम्पनीको दाबी छ । आइचर कमर्सियल भेहिकलका सर्भिस–जनरल म्यानेजर शरद कुमार मिश्रले बताए ।
विगत ४० वर्षदेखि नेपालको व्यावसायिक सवारीको क्षेत्रमा आत्याधिक लोकप्रिय ब्रान्ड आइचर बतास एमएडब्लूले आधिकारिक रूपमा बिक्री वितरण गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS