झापा । झापामा २० वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कचनकवल गाउँपालिका–३ बस्ने २० वर्षीय मिलन माझीलाई सोमबार राति पक्राउ गरेको छ ।
बालिकालाई माझीले आफ्नै कोठामा गत बिहीबारदेखि पटक–पटक जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
FACEBOOK COMMENTS