काठमाडौं, माघ २९- सरकारले चालु आर्थिक वर्षको अर्धवार्षिकको समीक्षा गर्दै बजेटको आकार घटाएको छ ।
बुधबार अर्थ मन्त्रालयमा भएको बजेट समीक्षामा अर्थमन्त्री डा. युवराज खतिवडाले गत बर्षको बजेटजस्तै चालु वर्षमा पनि अर्ध बार्षिक समिक्षा गर्दा बजेटको आकार घटाएका हुन् ।
संघीय संसद्मा बजेट पेश गर्दा १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट पेश गरेका अर्थमन्त्री खतिवडाले मध्यावधी समिक्षामा १३ खर्ब ८५ अर्ब रुपैयाँ यो वर्ष बजेट खर्च हुने संसोधन गरेका छन् ।अर्थमन्त्री डा। खतिवडाले आफैले ल्याएको बजेटको मध्यावधी समीक्षा गर्दै बजेटको आकार ९०.४ प्रतिशतमा झारिएको बताए ।
साथै चालु आर्थिक वर्षमा सरकारले ८० प्रतिशत विकास खर्च खर्चको गर्ने लक्ष्य लिएको छ । सरकारले चालू खर्च ९५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ९२ प्रतिशत खर्च हुने अनुमान समेत अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।
FACEBOOK COMMENTS