चलचित्र होस्टेल रिटन्र्सबाट रजतपटमा पाइला टेकेका नायक हुन सुशील श्रेष्ठ । ¥याम्प मोर्डलिङबाट चलचित्र क्षेत्रमा पाइला राखेका श्रेष्ठले सायद २ , कारखाना, बादशाह जुट लगायत चलचित्रमा अभिनय गरिसकेका छन् । प्रणय दिवसको अवसर पारेर भोलीबाट उनको चलचित्र लभ डायरिज प्रदर्शनमा आउँदैंछ । यस अघिका चलचित्र खासै दर्शक तान्न सकेका थिएनन् भने लभ डायरिजले आफ्नो करियरलाई केहि राहत दिने आश नायक सुशील श्रेष्ठले गरेका छन् । चलचित्रमा उनीसँगै नव नायिका रुविना थापाले अभिनय गरेकी छिन् । मोडलिङबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी रुविनाको यो डेव्यू चलचित्र हो । केहि विज्ञापनमा समेत काम गरिसकेकी रुविना करियर काउन्सिलरकारुपमा पनि कार्यरत छिन् । प्रर्णय दिवसको अवसर पारेर कर्पोरेट खबर डक कमले नायक सुशील श्रेष्ठसँग गरेको छोटो कुराकानी :
तपाई अभिनित चलचित्र ‘लभ डायरिज’ आजबाट प्रदर्शनमा आउँदैंछ , यस चलचित्रमा तपाईको भूमिकाबारे केहि बताईदिनुहोस् ।
चलचित्र लभ डायरिज आजबाट प्रदर्शनमा आउँदैंछ । यो चलचित्रमा मेरो धनी बुवाको बिग्रीएको छोरा, जसलाई कुनै जिम्मेवारीवोद्य नभएको , रमाइलोमा र घुमफिर गनुपर्ने खालको भूमिका रहेको छ ।
यो भन्दा अगाडीका तपाईका चलचित्रले त्यति चल्न सकेनन्, यस चलचित्रबाट कतिको अपेक्षा राख्नु भएको छ ?
मैल अगाडी अभिनय गरेका चलचित्र व्यापारिक दृष्टिकोणले कोही कमजोर रहेता पनि मैले ती चलचित्रबाट धेरै कुरा सिकेको छु । पहिलेका चलचित्रमा गरेका कमिकमजोरीहरुलाई सुधारेको छु । मलाइ लाग्छ असफलता नै सफलताको सिढी हो र त्यही असफलताबाट धेरै कुरा सिकेर आफुलाई अगाडी बढाएको छु । आश छ यो चलचित्रबाट दर्शकले पहिले जति माया गरिरहनु भएको छ त्यो भन्दा बढी माया गरिदिनुहुन्छ ।
के तपाईको करियरको टर्निङ प्वाइन्ट बन्ला त यो चलचित्र ?
यो चलचित्रमा राम्रो कथावस्तुका साथै मैले पनि कडा मेहेनत गरेको छु । यो चलचित्रलाई प्रिमियर सोमा पनि धेरैले मन पराइदिनुभएको छ । मेरो करियरको टर्निङ प्वाइन्ट भन्दा पनि दर्शकले यस चलचित्रलाई माया गरिदिनुभयो भने त्यही नै मेरोलागि टर्निङ प्वाइन्ट हो ।
तपाईको विचारमा माया के हो ?
मेरोलागि माया भनेको मनबाट निस्कने निस्वार्थ भाव हो । मायामा स्वार्थ हुनु हुदैंन् । यदि कसैलाई मैले माया गछु भने उसबाट पनि माया पाउनै पर्छ भन्ने छैन् । मैले कसैका लागि मायाले केहि गर्छु भने उसले पनि गर्नै गर्छ भन्ने छैन् ।
प्रेम सम्बन्धमा हुनुहुन्छ ?
प्रेम सम्बन्धमा नै त छैन् तर प्रकृयामा भने छु । कसैलाई मन पराउँछु, उसलाई चिन्ने क्रममा छु । उसलाई पर्पोजनै भने गरिसकेको छैन् ।
तपाईले सबै भन्दा बढी माया गर्ने मान्छे ?
मलाई सबै भन्दा बढी माया आमाले गर्नुहुन्छ र म पनि आमालाई एकदमै माया गर्छु । उहाँ नै मेरो जिवनको प्रेरणा हो । साथै म मेरा दर्शकहरुलाई पनि उतिनै माया गर्छु ।
यस चलचित्रमा नव नायिका रुविना थापासँग काम गर्नु भएको छ , उहाँको व्यक्तित्व बारे केहि बताइदिनुहोस् न ?
रुविनाको बारेमा भन्नुपर्दा उहाँ एकदमै प्रोफेसनल र आफ्नो काम प्रति लगाव भएको मानिस हो । मैले उहाँलाई चलचित्रको वर्कशपमा भेटेको हुँ । उहाँ नयाँ भएता पनि पहिले नै मोडलिङ गरिसक्नु भएकाले काम गर्न एकदमै सहज भयो र चलचित्रमा हाम्रो जोडी पनि राम्रो देखिएको छ ।
रुविना थापाको मन पर्ने र मन नपर्ने बानी के के छन ?
उहाँको मन पर्ने बानीमा उहाँ एकदमै मिलनसार, मनको सफा, सबैलाई समान आदरभाव राख्ने र राम्री हुनुहुन्छ भने काममा पनि उतिनै मेहेनती हुनुहुन्छ । मन नपर्ने नै त होइन् तर उहाँ अलि बढी फोटो खिच्नु हुन्छ र आफ्नो फोटो हेरी मख्ख पर्नुहुन्छ । त्यो चाँही केहि कम गरिदिए हुन्थ्यो जस्तो लाग्छ ।
फुर्सदको समयमा तपाईलाई के गर्न मन गर्छ ?
फुर्सदको समयमा म मोटिभेसनल भिडियोहरु हेर्छु, राम्रो खालको पुस्तकहरु पढ्छु, जिम जान्छु ।
FACEBOOK COMMENTS